मेक्सिकोमा शक्तिशाली भूकम्प

काठमाण्डु टुडे २०७७ असार ९ गते १९:५१ मा प्रकाशित

एजेन्सी– मेक्सिकोमा मंगलबार शक्तिशाली भूकम्प गएको छ ।

रोयटर्सका अनुसार मेक्सिकोको दक्षिणी भेगस्थित प्रशान्त तटीय राज्य ओक्सालाई केन्द्र बिन्दु बनाएर मंगलबार साँझ साढे ७ बजेको समयमा शक्तिशाली भूकम्प गएको हो ।
त्यहाँको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ७. ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्प यति शक्तिशाली थियो कि केन्द्रविन्दुबाट करिब ५ सय किलोमिटर टाढाको राजधानी मेक्सिको सिटीमा समेत ठूलो धक्का महसुस गरिएको छ ।  प्रारम्भिक खबरहरुमा हालसम्म भूकम्पबाट कुनै मानवीय क्षति भएको सूचना छैन । ल्याटिन अमेरिकी देश मेक्सिको भूकम्पका दृष्टिले जोखिमपूर्ण मानिन्छ ।

यसअघि सन् २०१७ मा गएको ७. १ रेक्टर स्केलको भूकम्पका कारण मेक्सिकोमा ३ सय ५५ जनाको ज्यान गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us