भारत केपी ओलीलाई बर्खास्त गरेर राजतन्त्र ल्याउन चाहन्छ !

काठमाण्डु टुडे २०७७ असार १३ गते १७:०७ मा प्रकाशित

काठमाण्डु, १३ असार– चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चाले छिमेकी भारत केपी ओलीलाई प्रधानमन्त्रीबाट च्युत गरेर नेपालमा राजतन्त्र फर्काउन सक्रिय रहेको दाबी गरेका छन् ।

जनमोर्चाको केन्द्रीय समिति बैठकका निर्णय विज्ञप्तिमा मार्फत सार्वजनिक गर्दै अध्यक्ष केसीले नेपालमा धर्मनिरपेक्षता अन्त्य गरी राजतन्त्र पुनस्र्थापना गर्न चाहेको र वर्तमान सरकार बाधक रहेकाले हटाउन चाहेको दाबी गरेका हुन् ।

‘भाजपाको सरकारले नेपालमा धर्म निरपेक्षताको अन्त्य गरी त्यसको आधारमा राजतन्त्रको पुनस्थापना गर्न प्रयत्न गर्दै आएको छ । त्यसको लागि नेकपाको ओली सरकार बाधा भएको छ र यो सरकारलाई हटाउन चाहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसका लागि भारतले नेपालको राजनीति तथा दलगत संरचना समेतमा खेल्ने कुरा कुनै लुकेको कुरा होइन । यो स्थितिमा उनीहरुका निहीत उद्देश्य वा स्वार्थका कारणले यो सरकारलाई अपदस्त गर्ने कुरा सही हुँदैन ।’ यद्यपि केसीले वर्तमान सरकार
कम्युनिष्ट सरकार नभएको बताएका छन् । यस्तै गणतन्त्र पनि बर्जुवा व्यवस्था रहेको र यसबाट यदेश र जनताका सम्पूर्ण समस्याहरुको समाधान नहुने तर्क जनमोर्चाको छ । तथापि वर्तमान सरकार गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा उभिएको भारतीय अतिक्रमित भूमि समेटेर नक्सा जारी गरेको तथा नेपाली पुरुषसँग विवाह गर्ने महलिालाई सात वर्षसम्म लगातार नेपालमा बसोबास गरेपछि मात्र नागरिकता दिनेलगायत सरकारका निर्णय स्वागत योग्य रहेकाले अहिल्यै सरकारले विकल्प खोज्न नहुनेमा केसीको जोड छ ।

तर, कोरोना महामारी नियन्त्रणका नाममा तलदेखि माथिसम्म भ्रष्टाचार बढेको आरोप केसीको छ । यस्तै ओली सरकार जसरी पनि ‘राष्ट्रघाती’ एमसीसी सम्झौता गर्न उद्दत रहेको आरोप केसीको छ ।

‘यो अमेरिकाको हिन्द प्रशान्त रणनीतिको अंग हो । यसबारे नेपालस्थित अमेरिकी राजदुताबासका अधिकारी र अमेरिकाको सुरक्षा निकाय (पेन्टागन०ले स्पष्ट गरिसकेका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘त्यो रणनीतिको उद्देश्य अमेरिकी साम्राज्यवादी नीतिलाई सामरिक रुपले हिन्द प्रशान्त क्षेत्रमा मद्दत पु¥याउनु हो । त्यसलाई संसदबाट पारित गरेपछि हाम्रो असंलग्न परराष्ट्र नीति कायम रहने छैन र हामी अमेरिकी क्याम्पमा खडा हुन पुग्नेछौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us