खुल्यो शेयर बजार

काठमाण्डु टुडे २०७७ असार १४ गते २०:४९ मा प्रकाशित

काठमाण्डु, १४ असार–कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण बन्द रहेको शेयर बजार सोमबारदेखि खुल्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले आइतबार एक विज्ञप्ति जारी गर्दैै सोमबारदेखि शेयर बजार खुल्ने जानकारी दिएको हो । विज्ञप्तिमा बोर्ड सञ्चालक समितिको आइतबारको बैठकले शेयर बजार खोल्ने निर्णय गरेको उल्लेख छ ।

बैठकले सुरक्षात्मक उपाय अबलम्बन गरी शेयर बजार खोल्ने निर्णय गरेको हो । गत ११ चैचमा बन्द शेयर बजार बीचमा २ वैशाखमा खुलेको थियो ।

तर, लगातार नेगेटिभ सर्किट लागेपछि बन्द भएको थियो । बोर्डले सकेसम्म प्रविधिको प्रयोग गरी घरमै बसेर शेयर कारोबार गर्न आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us