डब्लुएचओको चेतावनीः कोरोना नियन्त्रणभन्दा धेरै टाढा छ, सबैभन्दा खराब अवस्था आउनै बाँकी छ

काठमाण्डु टुडे २०७७ असार १६ गते ८:३४ मा प्रकाशित

काठमाण्डु, १६ असार– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस एडनहम गेब्रियाससले कोरोना भाइरस (कोभिड–१९) महामारीको सबैभन्दा खराब अवस्था आउनै बाँकी रहेको चेतावनी दिएका छन् ।
संसारभर कोरोनाबाट संक्रमितको संख्या एक करोड नाघिसक्दा र पाँच लाखले ज्यान गुमाउँदा विश्व स्वास्थ्य संगठनका प्रमुखबाट यो चेतावनी आउनु गम्भीर हो । उनको यो भनाइबाट महामारीका कारण अझै करोडौं मानिसको ज्यान जाने र विश्व आर्थिक अवस्था धारासायी हुने अनुमान गर्न सकिन्छ । उनले संसारका सरकारहरुले यदि समयमै प्रभावकारी उपाय अपनाएनन् भने महामारीको संक्रमण थप धेरै मानिसमा फैलन सक्ने बताएका छन् । टेड्रोसले कोरोना महामारी नियन्त्रणभन्दा धेरै टाढा रहेको भन्दै चिन्ता व्यक्त गरे । ‘महामारी छिट्टै अन्त्य होओस् भन्ने चाहना सबैको छ’, उनले भने, ‘तीतो सत्य यो छ कि महामारी नियन्त्रणभन्दा धेरै टाढा छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us