पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाण्डु टुडे २०७७ असार १६ गते २३:४३ मा प्रकाशित

काठमाण्डु, १६ असार– नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टिटेलको मूल्य वृद्धि गरेको छ ।

निगम सञ्चालक समितिको मंगलबारको बैठकले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ताथ डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ८७ रुपैयाँ कायम भएको छ ।

नियमले भारतीय आयल कर्पोरेसनले बढाएपछि स्वचालित प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नुपरेको जनाएको छ । यद्यपि नियमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावतै रहेको स्पष्ट गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us