ओलीले बोलाउँदा बालुवाटार गएनन् यी मन्त्री

काठमाण्डु टुडे २०७७ असार १७ गते १२:१७ मा प्रकाशित

काठमाण्डु, १७ असार– प्रधानमन्त्री केपी ओलीले बोलाउँदा पूर्वमाओवादीतर्फका चार मन्त्री बालुवाटार गएनन् ।

ओलीले राजीनामाका लागि पार्टी शीर्ष नेताबाट दबाब बढेपछि ओलीले आमागी कदमबारे छलफल गर्न मन्त्रीहरुलाई बुधबार बिहानै बालुवाटार बोलाएका हुन् ।

तर, पूर्वमाओवादीतर्फका चार मन्त्री ओलीले बोलाएको छलफलमा सहभागी भएनन् । पूर्वमाओवादीतर्फका मन्त्रीहरु वर्षमान पुन, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र बिना मगर ओलीले बोलाएको छलफलमा सहभागी भएनन् ।

पूर्वमाओवादीका मन्त्रीहरु रामबहादुर थापा बादल र लेखराज भट्ट भने सहभागी भएनन् । मंगलबारको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीलाई पार्टी र सरकार दुवैबाट नेतृत्व छाड्न दबाब दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us