काठमाण्डुमा कोरोना संक्रमितको मृत्यु

काठमाण्डु टुडे २०७७ असार १९ गते १९:४२ मा प्रकाशित

काठमाण्डु, १९ असार–कोरोना भाइरस संक्रमणबाट काठमाण्डुमा एक एक वृद्धको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । बानेश्वरका ८५ वर्षीय वृद्धको एक अस्पतालमा बुधबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनको अस्पतालमा उपचारका क्रममा ज्यान गएको मन्त्रालयका प्रवक्ता डा. जागेश्व्रु गौतमले जानकारी दिए ।

गौतमका अनुसार वृद्धको निजी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । वृद्ध उच्च रक्तचापका बिरामी थिए । रक्तचाप अत्याधिक बढेपछि उनलाई अस्पताल लगिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us