कोरोना संक्रमितले आत्महत्या गर्ने क्रम बढ्यो

काठमाण्डु टुडे २०७७ असार १९ गते १९:५० मा प्रकाशित

बझाङ, १९ असार– बझाङमा कोरोना संक्रमित युवकले शुक्रबार आत्महत्या गरेका छन् ।

जिल्लाको खप्तड छान्ना गाउँपालिका(७ का १८ वर्षीय युवकले आत्महत्या गरेका हुन् ।  उक्त गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायाले गत महिना भारतबाट आएका मृतकको बिहीबार मात्र पीसीआर रिपोर्ट पोजेटिभ आएको बताए ।

घरदेखि आधा घण्टाको दूरीमा जंगलमा गएर उनले रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । कोरोना संक्रमितले आत्महत्या गर्ने क्रम बढेको छ । बुधबार मात्र रोल्पाको गंगादेव गाउँपालिका–१ का संक्रमित युवाले पनि आत्महत्या गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us