सँगै नहरमा हामफाले प्रेम जोडी

काठमाण्डु टुडे २०७७ असार १९ गते २०:१४ मा प्रकाशित

कञ्चनपुर, १९ असार– कञ्चनपुरमा एक प्रेम जोडी सँगै नहरमा हामफालेका छन् ।

भीमदत्त नगरपालिका–२ उल्टाखामका २३ वर्षीय राकेश चौधरी र २२ वर्षीया रेणु चौधरी सँगै नहरमा हाम फालेको प्रहरीले जनाएको छ । राकेश बेपत्ता भएका छन् । उनको खोजी जारी छ । रेणुलाई भने प्रहरीले उद्धार गरेको छ ।

उनको महाकाली अस्पतालमा उपचार जारी छ । घटनाबारे थप छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका नायब उपरीक्षक (डिएसपी) अम्मर थापाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us