‘इनफ इज इनफ’ अभियानमा पारसको समर्थन, सत्याग्रही भेट्न अस्पताल पुगे पारस

काठमाण्डु टुडे २०७७ असार १९ गते २१:४७ मा प्रकाशित

काठमाण्डु, १९ असार– लामो समयदेखि पोखरामा रमाइरहेका पूर्वयुवराज पारस शाह काठमाण्डु आएका छन् ।

पारसले शुक्रबार कोभिड–१९ महामारी नियन्त्रणमा सरकार असफल भएको भन्दैसामाजिक सञ्जाल फेसबुकमार्फत ‘इनफ इज इनफ’ अभियान सुरु गरेर चर्चामा आएका इशान अधिकारीलाई भेटेका हुन् । अधिकारी पछिल्लो ८ दिनयता ललितपुरको पाटन दरबार स्क्वाइरमा अनसनमा थिए ।

अनसनरत अवस्थामै स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अधिकारी र उनीसँगै अनसन बसेका पुकार बमलाई बिहीबार अनसनस्थलबाट उठाएर ह्याम्स अस्पताल लगिएको थियो । पारस उनीहरुलाई भेट्न शुक्रबार अस्पताल पुगेका थिए ।

पारसले जनताका पक्षमा आवाज उठाएकाले सत्याग्रही युवाप्रति आफ्नो समर्थन रहेको बताए । यसअघि प्रधानमन्त्री केपी ओलीले बिहीबार साँझ सत्याग्रही युवालाई भेटेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us