पाकिस्तानी विदेशमन्त्रीलाई कोरोना

काठमाण्डु टुडे २०७७ असार २० गते ९:३५ मा प्रकाशित

एजेन्सी– पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीलाई कोरोना संक्रमण भएको छ ।

विदेशमन्त्री कुरैशी आफैंले ट्विटमार्फत कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । शुक्रबार दिउँसो ज्वरो आएको र परीक्षण गर्दा कोरोना पुष्टि भएको बताए । उनले अल्लाहको कृपाले आफूलाई मजबुत महसुस गरिरहेको उल्लेख गरेका छन् ।

विदेशमन्त्री कुरैशी होम क्वारेन्टिनमा बसेर काम गरिरहेका छन् । पाकिस्तानमा हालसम्म २ लाख २१ हजार भन्दा बढीमा संक्रमण देखिएको छ । ४ हजार ५ सय ५१ संक्रमितको कोरोनाबाट मृत्यु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us