ओलीले बोलाएको बैठक छाडेर प्रचण्ड निवास पुगे गृहमन्त्री बादल

काठमाण्डु टुडे २०७७ असार २० गते २०:५३ मा प्रकाशित

काठमाण्डु, २० असार– सत्तारुढ नेकपाका ६ सचिवालय सदस्यको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसिरहेको छ ।

बैठकमा गहृमन्त्री रामबहादुर थापा बादलसमेत सहभागी छन् । प्रधानमन्त्री ओलीले बोलाएको बैठकबाट बाहिरिएर बादल बालुवाटारबाट सिधै खुमलटार पुगेका हुन् । ओलीले शीतलनिवासमा मन्त्रीहरु र सल्लाहकारहरुसँग परामर्श जारी राखेका छन् ।

मन्त्रीहरुसँगको छलफलअघि ओलीले शीतलनिवासमा राष्ट्रपपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us