राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री ओलीले तर्साएको खुलासा !

काठमाण्डु टुडे २०७७ असार २० गते २२:५१ मा प्रकाशित

काठमाण्डु, २० असार– सत्तारुढ नेकपा माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने हल्ला अनर्गल भएको बताएका छन् ।

उनले आफ्नो स्वार्थका लागि राष्ट्रपति संस्थालाई विवादमा नतान्न आग्रह गरे । राष्ट्रपतिलाई महाअभियोग लगाउने हल्ला राष्ट्र प्रमुखजस्तो सम्मानित संस्थालाई विवादमा ल्याउने प्रयास भएको टिप्पणी उनको छ ।

‘हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो । यो गरिमामय सँस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतानौं । राष्ट्रपतिको विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं’, शनिबार राति ट्विट गर्दै श्रेष्ठले भनेका छन्, ‘राष्ट्रपति संस्थाको अवमूल्यन नगरौं । राष्ट्रपतिज्यू स्वयंको पनि ध्यान जाने नै छ ।’

प्रधानमन्त्री ओलीले शनिबार मन्त्रीहरु र सल्लाहकारहरुलाई बालुवाटारमा डाकेर आफू र राष्ट्रपति दुवैलाई पदमुक्त गर्ने तयारी भएकाले आफू कठोर कदम चाल्ने तयारीमा रहेको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us