नेकपामा ‘सप्राइज’ सहमति, तत्कालका लागि युद्धबिराम घोषणा !

काठमाण्डु टुडे २०७७ असार २१ गते १५:२२ मा प्रकाशित

kp oli-prachandaकाठमाण्डु, २१ असार– नेकपाको आन्तरिक विवादमा तत्कालका लागि ब्रेक लागेको छ ।

दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफलले विवाद समाधानमा सकारात्मक मोड लिएको छ । दुई अध्यक्षको छलफलपछि विवाद समाधानको आधार खोज्न नेताहरुबीच अनौपचारिक छलफल गर्ने सहमित भएको छ ।

दुई अध्यक्षबीच सोमाबारको स्थायी समिति बैठकअघि पुनः छलफलद गर्ने समझदारी भएको छ । छलफलमा ओली पक्षबाट उनीसहित उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल र अर्को पक्षबाट प्रचण्ड, ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्त र स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकर सहभागी थिए ।

स्रोतका अनुसार दुवै पक्ष पार्टी फुटलाई प्रश्रय दिने खालका व्यवहार र अभिव्यक्ति नदिन सहमत भएका छन् । प्रधानमन्त्री ओलीले शनिबार मन्त्रीहरुलाई बोलाएर आफू र राष्ट्रपति दुवैलाई हटाउने प्रयास भएको र त्यसको वचन र कर्मले प्रतिवाद गर्ने चेतावनी दिएका थिए ।

प्रचण्ड र माधव नेपाल पक्षले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागेपछि ओली आक्रोशित भएका थिए । उनले पार्टी विभाजन गर्ने तर, दुवै पद नछाड्ने अडान लिएका थिए । आइतबारको छलफलमा भने ओली शक्ति बाँडबाँडबारे विगतमा भएका सहमति पालना गर्न तयार देखिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us