सुनको मूल्य घट्यो

काठमाण्डु टुडे २०७७ असार २२ गते ११:२९ मा प्रकाशित

काठमाण्डु, २२ असार– सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । लगातार उकालो लागेको बजार सोमबार घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार छापावाल सुनको मूल्य ९० हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

यसअघि आइतबार सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुन तोलामा ८९ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us