काँग्रेस महाधिवेशन फागुनमा गर्ने निर्णय

काठमाण्डु टुडे २०७७ असार २२ गते २२:२९ मा प्रकाशित

काठमाण्डु, २२ असार– नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी फागुनमा हुने भएको छ ।

केन्द्रीय कार्यसमितिको सोमबार सानेपामा बसेको बैठकले १४ औं महाधिवेशन फागुन ७ देखि १० गतेसम्म काठमाण्डुमा गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण तल्ला कमिटीका अधिवेशन भने पूर्वनिर्धारित तालिकाभन्दा पर सारिएको छ ।

कात्तिकबाट थाल्ने भनिएको वडा अधिवेशन दुई महिनापछि पुसमा गर्ने निर्णय बैठकले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us