काठमाण्डु उपत्यकाबासीमा फैलियो त्रास

काठमाण्डु टुडे २०७७ असार २२ गते २२:३८ मा प्रकाशित

काठमाण्डु, २२ असार– एकै दिन ५४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि काठमाण्डु उपत्यकाबासीमा त्रास बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डुका २४, ललितपुरका २० र भक्तपुरका १० जिल्लामा कोरोना पुष्टि भएको बताए ।

यद्यपि उनीहरु कहाँकहाँका हुन् भन्नेबारे गौतमले खुलाएनन् । मन्त्रालयले समुदायमा कोरोना फैलिएको छ÷छैन भन्नेबारे विभिन्न १० स्थानबाट नमुना संकलन गरी परीक्षण अघि बढाएको छ ।

ट्राभल हिस्ट्री नभएका व्यक्तिमा समेत कोरोना संक्रमण देखिन थालेपछि मानिसहरुमा त्रास बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us