मन्त्रिपरिषद बैठक बस्दै

काठमाण्डु टुडे २०७७ असार २३ गते ८:२३ मा प्रकाशित

काठमाण्डु, २३ असार– नेपाल प्रहरीको २८औं महानिरीक्षक नियुक्तिका लागि मन्त्रिपरिषद बैठक बस्दैछ ।

हालका हानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउने भएपछि प्रहरीमा नयाँ महानिरीक्षक नियुक्ति गर्नुपरेको हो । नयाँ महानिरीक्षकका लागि अतिरिक्त प्रहरी महानिरीक्षक सैलेश थापा क्षेत्री र हरिबहादुर पाल प्रतिस्धर्पामा छन् ।

क्षेत्री र पाल दुवै एकै दिन २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । नयाँ महानिरीक्षकको कार्यकाल २०७९ वैशाख १८ सम्म रहने छ ।

अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद बैठकले थापा र पालमध्ये एक जनालाई महानिरीक्षक नियुक्ति गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us