पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

काठमाण्डु टुडे २०७७ असार २३ गते १३:५० मा प्रकाशित

काठमाण्डु, २३ असार– ललितपुरमा मृत्यु भएका एक व्यक्तिमा कोरोना पुष्टि भएको छ ।

पाटल अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएका गोरखा भीमसेन थापा गाउँपाकिलाकाका २७ वर्षीय युवकमा कोरोना देखिएको हो । आफ्नै घरमा झुण्डिएका बेला आफन्तले उद्धार गरी घाइते अवस्थामा उनलाई उपचारका लागि पाटन अस्पताल ल्याएका थिए ।

मृत्युपछि गरिएको परीक्षणमा ती युवकमा कोरोना पुष्टि भएको पाटन अस्पतालले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us