सरिता गिरी पार्टीबाट निष्काशित, सांसद पद पनि गयो

काठमाण्डु टुडे २०७७ असार २३ गते १८:०५ मा प्रकाशित

काठमाण्डु, २३ असार– समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्काशन गरेको छ ।

पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा समाजवादीले सांसदसमेत रहेकी गिरीलाई साधारण सदस्यता समेत नरहने गरी निष्काशन गरेको हो । गिरीले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सा र सोहीअनुसारको निशान छाप परिवर्तनका लागि गरिएको संविधान संशोधनमा मतदान गरिनन् । उनलाई पार्टीले उक्त प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।

तर, पार्टी ह्वीप अवज्ञा गर्दै गिरीले उल्टै संविधान संशोधन प्रस्तावविरुद्द अर्को प्रस्ताव दर्ता गरेकी थिइन् । समाजवादीले महासचिव रामसहायप्रसाद यादव नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । समितिले पार्टी अनुशासन तोडेको आरोपमा गिरीलाई कारबाही सिफारिस गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us