काठमाण्डुमा फेरि थपिए कोरोना संक्रमित

काठमाण्डु टुडे २०७७ असार २३ गते १८:०९ मा प्रकाशित

काठमाण्डु, २३ असार– काठमाण्डु उपत्यकामा थप २८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डुमा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जना संक्रमित थपिएका हुन् । पछिल्लो समय काठमाण्डु उपत्यकामा संक्रमित संख्या बढ्दै गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us