फेरि बढ्यो शेयर बजार

काठमाण्डु टुडे २०७७ असार २३ गते १८:३९ मा प्रकाशित

काठमाण्डु, २३ असार– मंगलबार नेप्से परिसूचक ३७. ९३ अंकले बढेको छ ।

लगातार उकालो लागेको नेप्से १ हजार ३ सय ३६ दशमलब ६६ बिन्दुमा पुगेको छ । कारोबार भएका सबैजसो कम्पनीको शेयर मूल्य उकालो लागेका कारण नेप्सेमा सकारात्मक परिणाम देखिएको हो । मंगलबार बिक्रीभन्दा खरिद चाप बढेको थियो । सबैभन्दा बढी होटल उपसमूहका लगानीकर्ताले कमाएका छन् । उक्त उपसमूहको शेयर ८.८८ प्रतिशतले बढेको छ ।

१७८ वटा कम्पनीको २८ लाख ८३ हजार कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी ९ करोड १२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ६० लाख, हिमालयन डिस्टिलरीको ५ करोड ८६ लाख, एनएमबि बैंकको ५ करोड ९ लाख र छिमेक लघुवित्तको ४ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । प्रुडेन्सीयल इन्स्योरेन्स, ओरियन्टल होटल, नेपाल सेवा लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी र मञ्जुश्री फाइनान्सको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us