ज्योतिष दाबी गर्ने अर्जुन क्षेत्री ठगी आरोपमा पक्राउ

काठमाण्डु टुडे २०७७ असार २६ गते १०:०५ मा प्रकाशित

काठमाण्डु, २६ असार– आफैंले आफैंलाई धुरुन्धर ज्योतिष दाबी गर्ने युवक अर्जन क्षेत्री पक्राउ परेका छन् ।

क्षेत्रीलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको हो । उनले आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सह–सचिव भएको दाबी गर्दै ठगीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भएको भन्दै चार करोड मागेपछि क्षेत्रीलाई प्रहरी र अख्तियारको संयुक्त टोलीले पक्राउ गरेको हो । क्षेत्रीबारे अनुसनधान जारी रहेको महाशाखाका एक अधिकारीले बताए ।

गत वर्ष २०७२ सालको भन्दा ठूलो महाभूकम्प जाने अनर्गल प्रचार गरेपछि क्षेत्री पक्राउ परेर केही महिनाअघि मात्र छुटेका थिए । प्रहरीमा अबदेखि ज्योतिषका नाममा अनावश्यक हल्ला नगर्ने कागजी सहीछाप गरेर छुटे पनि उनले बाहिर आएर फेरि पुरानै शैलीका हल्ला गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us