भारतीय गुण्डा नाइके दुवेलाई प्रहरीले पक्राउ गरेर गोली हान्यो

काठमाण्डु टुडे २०७७ असार २६ गते १०:२२ मा प्रकाशित

काठमाण्डु, २६ असार– भारतीय खुंखार गुण्डा नाइके विकास दुवेलाई प्रहरीले पक्राउपछि हत्या गरेको छ ।

दुवे बिहीबार पक्राउ परेका थिए । सुरक्षाकर्मीको हतियार खोसेपछि प्रतिकारमा दुवे मारिएको दाबी प्रहरीको छ ।

दुवैलाई कानपुर लाने क्रममा बिहीबार शुक्रबार बिहान गाडी दुर्घटनामा परेको र त्यसपछि उनले प्रहरीको हतियार खोस्ने प्रयास गरेकाले जवाफी कारबाहीमा मारिएको दाबी प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले गरेका छन् ।

समाचारमा जनाइएअनुसार दुवेलाई छाती र कम्मरमा गोली लागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us