भारतबाट सलहको ठूलो झुण्ड नेपाल पस्दै

काठमाण्डु टुडे २०७७ असार २६ गते १३:४८ मा प्रकाशित

काठमाण्डु, २६ असार– भारतबाट सलहको ठूलो झुण्ड नेपाल प्रवेश गरेको छ ।

भारतको राजस्थानबाट सलहको पाँच वटा झुण्ड नेपालतर्फ अघि बढेको सलह सूचना केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ । केन्द्रले सलहले ठुलो क्षति पु¥याउन सक्ने भएकाले सचेत रहन भनेको छ ।

खास गरी उक्त सलहको झुण्डले तराई तथा भित्री मधेसका भू–भागमा क्षति पु¥याउन सक्ने छ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रअन्तर्गतको सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले भारतको सीतापुर तथा साहजाहाँपुर क्षेत्रतर्फ अघि बढ्ने अनुमान गरिएको सलहको झुण्ड हावाको बहावसँगै नेपाल प्रवेश गर्न सक्ने जोखिम रहेको विज्ञप्तिमार्फत जानकारी दिए ।

अनुकूल मौसममा राजस्थानको मरुभूमि (पश्चिम) तर्फ जानुपर्ने परिपक्व हुँदै गरेका झुण्डहरु हावाको बहावसँगै पूर्वउत्तरतर्फ लाग्न सक्ने पूर्वानुमान गरिएको उनले बताए । उनले सलहको ठूलो झुण्ड नेपाल प्रवेश गर्न केही दिन लाग्ने अनुमान गरिएको जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us