पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाण्डु टुडे २०७७ असार २६ गते २३:०८ मा प्रकाशित

etrकाठमाण्डु, २६ असार– पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि भएको छ ।

नेपाल आयल निगम सञ्चालक समितिको शुक्रबारको बैठकले आजै राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा एक÷एक रुपैयाँका दरले मूल्य बढाएको हो । अब काठमाण्डुमा उपभोक्ताले पेट्रोल प्रतिलिटर १०२ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ तिनुपर्नेछ ।

निगम प्रवक्ता विनितमणि उपाध्यायले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us