मयूरले चलायो काठमाण्डुमा बस

काठमाण्डु टुडे २०७७ असार २९ गते १२:५३ मा प्रकाशित

काठमाण्डु, ३० असार– लकडाउनपछि काठमाण्डु उपत्यकामा पहिलोपटक सार्वजनिक यातायात सञ्चालनमा आएको छ ।

मयूर यातायातले काठमाण्डुमा सोमबारदेखि सेवा सुरु गरेको हो । सरकारले शुक्रबारदेखि उपत्यकाको हकमा तीन जिल्ला र बाहिर सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालनको अनुमति दिएको थियो ।

यस्तै सरकारले हालको भाडामा ५० प्रतशित वृद्धि गरी सिट क्षमताको आधा मात्र यात्रु बोक्न भनेको थियो । यातायात व्यवसायीले भने सरकारले भने जसरी यातायात सञ्चालन गर्न नसकिने भन्दै चाबी बुझाउने चेतावनी दिँदै आएका छन् ।

मयुर यातायातका अध्यक्ष मोहन श्रेष्ठले सरकारले तोकेको मापदण्डमा रहेर यातायात सञ्चालन थालिएको बताए । उनका अनुसार काठमाण्डुको चक्रपथमा ४ र काठमाण्डु–धुलिखेल–पनौती सडकमा ६ वटा बस सञ्चालन गर्न लागिएको श्रेष्ठले जानकारी दिए ।

उनले बुधबारसम्म २० भन्दा बढी बस सञ्चालन गर्ने तयारी भएको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us