डिसहोमले साधारण सेयर जारी गर्ने

काठमाण्डु टुडे २०७७ असार ३० गते १४:०७ मा प्रकाशित

काठमाण्डु, ३० असार– टेलिभिजन प्रदायक संस्था डिसहोमले साधारण शेयर निस्काशन गर्ने भएको छ ।

डिसहोमले साधारण शेयरका लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो । चुक्तापूँजीको करिब १० प्रतिशत सेयर जारी गर्न डिसहोमले आव्ेदन दिएको हो । डिसहोमले २०७५ पुस २७ गतेको साधारणसभाबाट सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रतिसेयर १ सय रुपैयाँको २३ लाख कित्ता बराबर आइपिओ जारी गर्न लागिएको डिसहोमले जनाएको छ । त्यसका लागि डिसहोमले ग्लोवल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us