नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या उच्च हुने संकेत

काठमाण्डु टुडे २०७७ साउन १६ गते १७:५१ मा प्रकाशित

काठमाण्डु, १६ साउन– नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट एकै दिन मृत्यु भएकाको यो संख्या अहिलेस्म्मकै उच्च हो ।  योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृतक सबै पर्साको वीरगञ्ज उपमहानगरका भएको बताए । गौतमका अनुसार एक जनाको पाटन अस्पताल र बाँकीको वीरगञ्जमा मृत्यु भएको हो ।

समुदायस्तरमा कोरोना फैलिइसकेकाले अब मृत्यु हुनेको संख्या बढ्ने चेतावनी चिकित्सकहरुले दिएका छन् । खास गरी स्वासप्रश्वास, उच्च रक्तचाप, मुटु, मृगौलाजस्ता रोगका बिरामीमा संक्रमण भए मृत्युको खतरा उच्च हुने भनाइ चिकित्सकको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us