थप ४५ जनामा कोरोना संक्रमण

काठमाण्डु टुडे २०७७ साउन १८ गते ९:५६ मा प्रकाशित

वीरगञ्ज, १८ साउन– पर्सामा आइतबार कोरोना भाइरस (कोभिड–१९) का ४५ संक्रमित भेटिएका छन् ।

नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिए । उनका अनुसार संक्रमित हुनेमा ३१ पुरूष र १४ महिला छन् ।

संक्रमितमध्ये कन्ट्याक्ट ट्रेसिङ र आफैं पैसा तिरेर पिसिआर परीक्षण गराएकाहरु छन् । योसँगै पर्सामा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ । जिल्लामा कोरोनाबाट ११ जनाको मृत्यु भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us