विद्युत प्राधिकरणका पाँच कर्मचारीमा कोरोना

काठमाण्डु टुडे २०७७ साउन १९ गते २२:३९ मा प्रकाशित

काठमाण्डु, १९ साउन– नेपाल विद्युत प्राधिकरणका पाँच कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

प्राधिकरणको मोरङ रंगेलीस्थित वितरण केन्द्रका कर्मचारीमा कोरोना देखिएको हो । प्राधिकरणका ३८ कर्मचारीको पिसीआर परीक्षण गरिएकामा पाँच जनाको रिपोर्ट पोजेटिभ आएको हो । तर, ट्राभल हिस्ट्री नभएका उनीहरुमा कसरी संक्रमण पुष्टि भयो भन्नेबारे स्पष्ट खुलाइएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us