यमाहा शोरुममाा काम गर्ने सात जनामा देखियो कोरोना

काठमाण्डु टुडे २०७७ साउन २१ गते १४:२५ मा प्रकाशित

काठमाण्डु , २१ साउन – त्रिपुरेश्वरको यामाहा शोरुम एमएडब्लु एन्टरप्राइजेजका रहेका यामाहा, (मोरेङ अटो वर्क्स्) का सात जना स्टाफमा कोरोना देखिएको छ ।

स्रोतका अनुसार त्रिपुरेश्वरको यामाहा शोरूम एमएडब्लु एन्टरप्राइजेजमा काम गर्ने ती कर्मचारीहरूको काठमाण्डु प्रयोगशालामा परिक्षणम गर्दा रिर्पोट पोजेटिभ आएको हो ।

ती संक्रमितलाई सोल्टी होटलको आइसोलेसनमा राखिएको बताइएको छ । संक्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ सुरु गरिएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us