दुई टुक्रा भएर दुर्घटना भयो भारतीय विमान

काठमाण्डु टुडे २०७७ साउन २४ गते ७:४० मा प्रकाशित


एजेन्सी– भारतमा विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ ।

दुबइबाट आइरहेको एयर इन्डिया एक्सप्रेसको विमान शुक्रबार साँझ केरलाको कोझिकोड विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको हो । विमान दुई टुक्रा भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार मृतकको संख्या बढ्न सक्ने छ ।

दुर्घटनामा अरु १ सय १३ जना घाइते भएका छन् । विमानमा चालक दलका सदस्यसहित १ सय ९१ जना सवार थिए । भारतीय उड्डयन मन्त्रालयले शुक्रबार साँझ ७ बजेर ४१ मिनेटमा विमान दुर्घटना भएको पुष्टि गरेको छ ।

तस्वीरः दैनिक भाष्कर

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us