सेवाग्राहीसँग घुसवापतको रकम लिई काठमाण्डु आउँदै गर्दा खाने पानी संस्थानका इन्जिनियर शाह पक्राउ

काठमाण्डु टुडे २०७७ साउन २६ गते १२:२७ मा प्रकाशित

बुटवल, २६ साउन — नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस २लाख ३३ हजार ५सय नगद र बैंकमा जम्मा गरेको ८ लाख २२ हजारको भौचर सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शाहलाई काठमाण्डु आउँदै गर्दा धादिङको धुनिबेसीबाट आइतबार पक्राउ गरेको हो ।
अभियुक्तले खानेपानी शाखा कार्यालयका सेवाग्राहीसँग घुस लिएको जानकारी प्राप्त भएको छ ।

निज माथि अहिले थप अनुसन्धान भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us