कोटेश्वरमा एकै दिन १३ जनामा देखियो कोरोना संक्रमण

काठमाण्डु टुडे २०७७ साउन २६ गते १४:२५ मा प्रकाशित

काठमाण्डु, २६ — गत साउन १८ गते किराना पसल सञ्चाल चार जनामा देखिएको कोरोना भाइरसले यति बेला कोटेश्वरलाई त्रसित बनाएको छ ।

काठमाण्डुको कोटेश्वरस्थित असर्फी टोलमा थप १३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । किराना पसल आसपासमा बस्ने व्यक्तीहरुको स्वाब परिक्षण गर्दा आइतबार १३ जनाको रिर्पोट पोजेटिभ आएको हो ।कोरोना संक्रमित १३ जना मध्ये १० जनालाई काीर्तिपुर र टेकुको आइसोलेसनमा राखी उपचार गराइदै छ भने बाँकीलाई उनीहरु कै घरमा राखीएको छ ।

अहिले उक्त क्षेत्र सिल गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us