मेडिसिटी अस्पतालमा कोरोना संक्रमितको मृत्यु

काठमाण्डु टुडे २०७७ साउन २६ गते १५:०६ मा प्रकाशित

ललितपुर, २६ साउन– मेडिसिटी अस्पतालमा उपचाररत एक पुरुषको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु भएको छ ।

कलंकी ट्याङलाफाँटका बासिन्दा ६४ वर्षीय संक्रमितको सोमबार बिहान मृत्यु भएएको हो । उनी निमोनिया र मधेमेहबाट ग्रसित थिए । परिवारले स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई गत १५ साउनमा अस्पताल भर्ना गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us