आज ३३८ जनामा कोरोना संक्रमण भएसँगै चार जनाको मृत्यु

काठमाण्डु टुडे २०७७ साउन २६ गते १६:५४ मा प्रकाशित

काठमाण्डु , २६ साउन — नेपालमा आज मात्रै ३ सय ३८ जनामा कोरोना भाइरस देखा परेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमका अनुुसार आज ८ हजार ४ सय ३२ जनामा गरिएको पिसिआर परिक्षणमा ३ सय ३८ जना संक्रमित फेला परेको हो । पछिल्लो २४ घण्टामा नेपालमा १४० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ ।

आज कोरोना बाट मृत्यु हुनेको संख्या भने ४ पुगेको छ । प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा बाँकेकी ७० वर्षिया महिला, पर्साकी ४५ वर्षिया महिला, काठमाडौंकी ७६ वर्षिया महिला, काठमाडौंका ६४ वर्षिया पुरुष रहेका छन् ।

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us