कोरोना संक्रमणका कारण आज एकै दिन ८ जनाको मृत्यु

काठमाण्डु टुडे २०७७ साउन २८ गते १६:५३ मा प्रकाशित

काठमाण्डु , २८ साउन — कोरोना भाइरसका कारण नेपालमा आज एकै दिन ८ जनाको मृत्यु भएको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा.जागेश्वर गौतमले   अपडेटमा सो पुष्टि गरेका हुन् । प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा काठमाण्डुका ७८ वर्षिया महिला, धादिङका ३२ वर्षिया पुरुष, धनुषाका ७१ वर्षिया पुरुष, धनुषाकै ३५ वर्षिया महिला, सप्तरीका ७२ वर्षिया पुरुष, मोरङका ७२ वर्षिया पुरुष, कपिलबस्तुका ३२ वर्षिया पुरुष, बाराका ७५ वर्षिया पुरुष रहेका छन् ।

योसंगै ,नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

आज कोरोनालाई जितेर ६४ जना घर फर्किएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us