एकै दिन ४८४ जनामा कोरोना संक्रमण

काठमाण्डु टुडे २०७७ साउन २८ गते १७:२१ मा प्रकाशित

काठमाण्डु , २८ साउन — पछिल्लो २४ घण्टामा नेपालमा ४८४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् , भने काठमाण्डु १३८ जनामा देखा परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ४८४ जना नयाँ संक्रमित थपिएका छन् , भने त्यसमा १३८ जना काठमाण्डुको भएको पुष् िट भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल सं‌ख्या २४ हजार ४३२ पुगेको छ । गत २४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ ।काठमाडौं ।

प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमााण्डु १०९ जना, ललितपुरका २१ जना र भक्तपुरका ८ जना रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us