बूढानीलकण्ठमा एकै परिवारका ८ जनामा कोरोना

काठमाण्डु टुडे २०७७ साउन २८ गते २२:३५ मा प्रकाशित

काठमाण्डु, २८ साउन– काठमाण्डुमा बूढानीलकण्ठ नगरपालिकामा एकै परिवारका आठसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नगरपालिकाको वडा नम्बर–१० पञ्चकन्या चोकका एकै परिवारका ८ सहित जनामा संक्रमण पुष्टि भएको हो । न्यूरोडमा व्यापार गर्दै आएका एक ३८ वर्षीय पुरुषबाट एकै परिवारका ८ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।

यस्तै बूढानीलकण्ठ–१ की ३३ वर्षीया महिला र ३५ वर्षीय पुरुष, वडा नम्बर– ४ का ३४ वर्षीय पुरुष, वडा नम्बर–३ का ३३ वर्षीय पुरुष र वडा नम्बर–८ का ६ वर्षीय बालकमा पनि कोरोना पुष्टि भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us