पछिल्लो २४ घण्टामा थप ५९४ जनामा देखियो कोरोना

काठमाण्डु टुडे २०७७ साउन ३० गते १६:४९ मा प्रकाशित

काठमाण्डु , ३० साउन — पछिल्लो २४ घण्टामा नेपालमा ५९४ नयाँ कोरोना संक्रमित फेला पारेका छन् । संक्रमित मध्ये ११९ जना काठमाण्डुका रहका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले दिएको लाइभ अपडेटमा पछिल्लो २४ घण्टामा देशको विभिन्न ठाउँमा गरिएको स्वाब परिक्षणमा ५९४ जना कोरोना संक्रमित फेला परेको हुन् ।

काठमाण्डुमा फेला परेका संक्रमितमध्ये भक्तपुरमा ६ जनामा , ललितपुरमा ३० जनामा र काडमाण्डुमा ८३ जनामा संकमण भएको हो । प्रवक्ता डा.गौतमले दिएको अपडेट अनुसार पछिल्लो २४ घण्टामा ४ जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा मोरङका २ जना र बाराका २ जना पुरुष रहेका छन् । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ९९ पगेको प्रवक्ता गौगमले जानकारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us