पेरिसडाँडामा यसरी देखाइयो धाँधलीका प्रमाणहरु

काठमाण्डु टुडे २०७० मंसिर १९ गते १२:२९ मा प्रकाशित

dhadali pramanकाठमाण्डु, १९ मंसिर– दोस्रो संविधानसभाको निर्वाचनमा सहभागी अधिकांश दलहरुले धाँधली भएको बताइरहेको सन्दर्भमा एमाओवादीले छबनाएको समितिले गरेको छानविनको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडा कोटेश्वरमा आयोजित पत्रकार सम्मेलनमा छानबिन प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदन सार्वजनिक गर्दै उच्स्तरीय छानबिन समितिका संयोजक वर्षमान पुन अनन्तले निर्वाचनमा संस्थागत, संरचनागत र प्रक्रियागत धाँधली भएका बताए ।

उनले छानबिनका क्रममा निर्वाचन आयोगले जनताको सूचनाको हकको पनि सम्मान नगरेको उल्लेख गरे । उनले भने, ‘ सर्वसाधरणले पाउने सूचनाको हकको पनि निर्वाचन आयोगले उलङ्घन छ ।’ सूचनाहरु लुकाएर निर्वाचन आयोगले षडयन्त्र र धाँधली ढाकछोप गर्ने काम गरेको उनको भनाई थियो ।

आफूहरुले छानबिनका क्रममा विभिन्न राजनीतिक दलहरु, नागरिक समाज, अन्तराष्ट्रिय संघ संस्था लगायतसँगको छलफल पश्चात प्रतिवेदन तयार गरेको नेता पुनको भनाई थियो । उनले निर्वाचन आयोगले आन्तरिक सर्कुलर जारी गरी निर्वाचनमा भएका धाँधली र षडयन्त्रलाई ढाकछोप गरेको बताए ।

कतिपय स्थानमा सिल टोडिए पनि त्यसलाई सही मान्ने, मतपेटिका जस्तोभएपनि हुने र मतपत्रमा अधिकृतले कालो मसीमात्र प्रयोग गर्ने भन्ने नीतिमा जुन मसीले सही गरेको सदर हुने भन्ने सकुलर गरेको नेता पुनले सञ्चारकर्मीहरुलाई निर्वाचन आयोगको सर्कुलरमा रहेको बताए ।

एमाओवादीले पेरिसडाँडामा गरेको पत्रकार सम्मेलनमा प्रतिवेदनलाई प्रस्तुत गर्ने क्रममा प्रमाणका तस्विरहरुसहित प्रस्तुत गरिएको थियो ।

पत्रकारहरुमाझ प्रस्तुत गरिएका ‘पावर प्वाइन्ट’ फाइल पढ्न र हेर्नका लागि यहाँ क्लिक गर्नुहोस- पेरिसडाँडामा यसरी देखाइयो धाँधलीका प्रमाणहरु

‘सम्बन्धीत समाचार: यस्तो छ, धाँधलीबारे एमाओवादीको प्रतिवेदन’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us