प्रहरी र वन तस्करको यस्तो साँठगाँठ

काठमाण्डु टुडे २०२६ पुष १७ गते मा प्रकाशित

दाङ, २६ साउन– दाङ देउखुरी क्षेत्रको चुरेमा तस्करसंग प्रहरीको डरलाग्दो साँठगाँठ रहेको पाइएको छ ।

वन संरक्षणमा काम गरिरहेको वन तथा वातावरण संरक्षण समन्वय समिति दाङले सो कुरा जनाएको छ ।

सो संस्थाको अध्यक्ष उमाकान्त पन्तले ५ सयभन्दा बढी सामुदायिक र राष्ट्रिय वन रहेको देउखुरी क्षेत्रमा तस्करले प्रहरीसंग सेटिङ गरी अबैधरुपमा वन विनास गरिरहेको जानकारी दिनुभयो । ।

जिल्लाको देउखुरीका राष्ट्रिय र सामुदायिक वन क्षेत्रमा गैरकानुनी तरिकाले काठ चोरी निकासी भईरहेको उहाले बताउनु भयो ।

जिल्लाको पश्चिमी र देउखुरी क्षेत्र काठ चोरी तस्करीको अखडाको रुपमा चिनिन्छ ।

नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us