
काठमाण्डु, १६ भदौ– रामेछापस्थित विमानस्थलको डिपोमा तेल नभएपछि कार्गो उडान बन्द भएको छ । इन्धन अभावले रामेछापबाट सोलुखुम्बुकालागि लागि हुँदै आएको उडान बन्द भएको हो ।
एयर काष्ठमण्डपले रामेछाप विमानस्थलबाट सोलुखुम्बुकालागि कार्गो उडान भर्दै आएको थियो । ‘डिपोमा तेल सकिदै गएपछि एकसातादेखि कार्गो उडान बन्द गरिएको छ,’ रामेछापस्थित नागरिक उड्डेयन कार्यालयका प्रमुख रमेश महतले भने, ‘हामीसँग चार सय लिटर तेल मात्रै मौज्दात छ । यो आपतकालीन अवस्थाकालागि चाहिन्छ ।’
पूर्वी पहाडी जिल्लाका हवाई उडानलाई सहज बनाउन रामेछापमा इन्धन डिपो राखिएको छ ।