
फ्रयान्क्फोर्ट र्जर्मनी–नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च जर्मनीले संबिधानसभा निर्वाचनमा समानुपातिक सदस्यका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।
एमाले मुख्यालय काठमाण्डुमा सिफारिस गरिएकाहरुमा नवराज रोस्यारा (डोटी),डा यज्ञ अधिकारी (कास्की) र लक्ष्मी न्यौपाने (मोरङ)रहेका छन । रोस्यारा एनडीएफ जर्मनीका पूर्व अधयक्ष र एनआरएनए जर्मनीका बरिष्ठ उपाध्यक्ष हुन । डा अधिकारी प्रवासी नेपाली मञ्च जर्मनीका सचिव र एनआरएनए जर्मनीका सदस्य हुन । महिला कोटाबाट सिफारिसमा परेकी न्यौपाने पार्टी कार्यकर्ता र सामाजिक कार्यकर्ता रहेको मञ्चका कार्यावाहक अध्यक्ष रणबहादुर बिश्वकर्माले बताए ।