
सेप्टेम्बर 21 तारिखका दिन अन्तर्राष्ट्रिय शान्ति दिवसको स्वागत गर्न संयुक्त राष्ट्रसंघले 18 तारिखका दिन न्यूयोर्कस्थित मुख्यालयमा घण्टबजान समारोहको आयोजना गरेको छ।
सोहि दिन विहान नौ बजेतिर राष्ट्रसंघीय महासचिव बान की मूनले मुख्यालयको बगैंचास्थित शान्ति घण्टी बजाउनुभयो। आवाज एक महासचिव बान कि मूनले सम्बोधन गर्दै हिंसामा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली व्यक्त गर्नका लागि विश्वव्यापी युद्धविरामको आह्वान गर्नुभयो।
“अन्तर्राष्ट्रिय शान्ति दिवस मानवले गम्भीर तबरले पुनरावलोकन गर्ने दिन हुनुका साथै हिंसारहित विचारलाई दोहोर्याउने र विश्वव्यापी युद्धविरामका लागि आह्वान गर्ने दिन हो। हिंसामा परी ज्यान गुमाएका र दुःखपूर्ण जीवन बिताइरहेका मानिसहरुलाई सम्झना गर्नका लागि उहाँले विश्वव्यापी मानव समुदायसँग एक मिनेट श्रद्धान्जली अर्पण गर्न आह्वान हामी गर्छौं।”
चालू वर्ष अन्तर्राष्ट्रिय शान्ति दिवसको मुख्य विषयबस्तु “शिक्षाद्वारा शान्तिलाई अगाडि बढाउनु” भन्ने रहेको छ। आफ्नो सम्बोधनमा बान कि मूनले महिलाको शिक्षा अधिकारका लागि तालिवानद्बारा आक्रमण गरिएकी पाकिस्तानी किशोरी मालाला युसाफ्चायबारे भन्नुभयो—
“गत जुलाइ महिनामा सुश्री मलाला युसाफ्चायले संयुक्त राष्ट्र संघ आइन्। उनले भनिन-एकजना शिक्षक, एउटा किताब र एउटा कलमले विश्वमा परिवर्तन गर्नसक्छन्। यी हाम्रो सबैभन्दा बलियो हतियार हो। हरेक केटा-केटीले राम्रो शिक्षा पाउनुपर्छ। यिनीहरुले आफूलाई विश्व समाजको एक भाग भएको आत्मभाव जनाउनका लागि शिक्षा सहयोगी छ।”
सिआरआई