कास्की, १० कात्तिक– पोखरामा जारी तेस्रो सफल पोखरा कप फुटबल प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको क्वाटरफाइनल खेलमा हिमालयन शेर्पालाई २–१ को गोल अन्तरले हराउँदै आर्मीले सेमिफाइनल यात्रा तय गरेको हो । खेलको १७ औं मिनेटमा सेइगुनको गोलबाट अग्रता लिए पनि हिमालयनले लय जारी नराख्दा हार बेहोर्न परेको हो ।
खेलको पहिलो हाफमै आर्मीका राजु तामाङले पेनाल्टी मार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यस्तै आर्मीका राजु तामाङले नै अर्को गोल थपेपछि खेलमा आर्मीको जित सुनिश्चित भएको हो । यसअघि शनिबार मनाङ मस्र्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
प्रतियोगितामा सोमबार थ्रीस्टार क्लब र पोखरा ११ बीच क्वाटरफानइनल खेल हुनेछ ।