
युएई । दुबईमा कारको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । रोजगारीको सिलसिलामा दुबई पुगेका लम्जुङको मानिङ गाविस ५ का भोजेन्द्र प्रसाद गुरुङको कारको ठक्करबाट मृत्यु भएको हो ।
उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको लम्जुङ सम्पर्क समिति युएईले जनाएको छ । उनको शव नेपाल ल्याउने प्रयास भैरहेको छ ।
४२ बर्षीय गुरुङ इन्भाएरो सिस्टम म्यानुफ्याक्चरिङ कम्पनिमा कार्यरत थिए । उनी पाँचबर्षदेखि सो कम्पनिमा कार्यरत थिए ।