
इस्लामावाद, ३१ असोज–भारतीय सैनिकले बिहीबार आफ्नो एक जना अर्धसैन्य बलका सदस्यको हत्या गरेको आरोप पाकिस्तानी सैनिकले लगाएको छ ।
भारत र पाकिस्तानको सीमा क्षेत्रमध्ये पूर्वी पञ्जाव प्रान्तको सीमा रेखामा ती सैनिकको हत्या गरिएको आरोप पाकिस्तानले लगाएको छ ।
यस वर्ष भारत र पाकिस्तानका सैनिकहरुले सीमा क्षेत्रमा यस्ता घटना गराइरहेका छन् । उनीहरुले एक अर्कामाथि आआफ्ना सैनिकको हत्या गरेको आरोप लगाउने गरेका छन् ।
यस विषयमा भारतीय पक्षले भने कुनै प्रतिक्रिया दिएको छैन । यसअघि पनि गत महिना यी दुई देशका सैनिकका बीचमा काश्मिरमा यस्तै हिंसात्मक घटना भएका थिए । रासस/एएफपी