
काठमाण्डु, १९ मंसिर– रोजगारीको सिलसिलामा कोरिया पुगेका एक नेपालीको समुद्रमा डुबेर मृत्यु भएको छ । लम्जुङको जिता–९ का विकास पौडेलको समुद्रमा डुबेर मृत्यु भएको हो ।
उनी ईपीएस कोटामार्फत् सन् २००९ मा कोरिया पुगेका थिए । मत्स्यपालन भिसामा रहेका पौडेल पानी जहाजबाट माछा र अक्टोपस मार्ने काम गर्दथे । पानी जहाजबाट अक्टोपस तान्ने क्रममा हातमा जाल अल्झेर समुद्रमा खसेर उनको मृत्यु भएको हो ।